कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु : विश्वनाथ पौडेल

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, १२ : ३३
कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु : विश्वनाथ पौडेल

काठमाडौं । योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन् । 

बिहीवार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले अब रेगुलर कामका साथै ओभरल प्लानिङको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताए ।   

उपाध्यक्ष पौडेलले भने, “कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरु र कर्मचारीबाट यही अपेक्षा छ ।”

उनले आफ्नो बाँकी  कार्यकाल सरकारलाई  उपयोगी हुने काम गर्ने प्रतिज्ञा गरे ।

प्रतिक्रिया दिनुहोस