आधारभूत अस्पतालको डीपीआर तयार गर्न स्थानीय निकायलाई स्वास्थ्य मन्त्रालयको आग्रह

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १८ : ११
आधारभूत अस्पतालको डीपीआर तयार गर्न स्थानीय निकायलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गर्दै आधारभूत अस्पताल निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन (डीपीआर) तयार गर्न स्थानिय तहलाई आग्रह गरेको छ ।

आज बसेको सचिवस्तरीय बैठकले आवश्यक जग्गाको सुनिश्चितता र डीपीआर तयार गर्न आग्रह गरेको हो । मन्त्रालयले सुचना जारी गर्दै आर्थिक वर्ष ०७७/७८ मा ३९६ वटा अस्पताल निर्माणको थालनी गर्न आह्वान गरेको छ ।

सुचनामा आव २०७८/०७९ मा बाँकि २५९ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण कार्यको लागि जग्गाको सुनिश्चितता गरी सो अनुसार डीपीआर तयार गरी पेश गरिएका स्थानीय तहलाई बजेटको व्यवस्था गरिने जानकारी दिएको हो ।