काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गर्दै आधारभूत अस्पताल निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन (डीपीआर) तयार गर्न स्थानिय तहलाई आग्रह गरेको छ ।
आज बसेको सचिवस्तरीय बैठकले आवश्यक जग्गाको सुनिश्चितता र डीपीआर तयार गर्न आग्रह गरेको हो । मन्त्रालयले सुचना जारी गर्दै आर्थिक वर्ष ०७७/७८ मा ३९६ वटा अस्पताल निर्माणको थालनी गर्न आह्वान गरेको छ ।
सुचनामा आव २०७८/०७९ मा बाँकि २५९ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण कार्यको लागि जग्गाको सुनिश्चितता गरी सो अनुसार डीपीआर तयार गरी पेश गरिएका स्थानीय तहलाई बजेटको व्यवस्था गरिने जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
गम्भीर प्रकृतिका ६ वटा रोगको निःशुल्क उपचार
पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा