काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले संसद् सांसद्को प्रश्न र सरकारको निगरानीसँग डराउनुपर्ने बताएका छन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् थापाले नयाँ सरकारलाई पहिलाको सरकारलाई जस्तो संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञान नमान्ने, आसेपासे पोस्ने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने जस्ता अपराध गर्ने छुट नभएको बताए ।
‘न यो संसद्लाई बेवास्ता गर्न दिइनेछ, न त कामविहीन बनाउन, न मनोमानी ढंगले स्थगित गर्न दिइने छ, न त छल्न,’ उनले भने,‘यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग डराउनुपर्छ, सांसद्को प्रश्न र सरकारको निगरानीसँग डराउनुपर्छ ।’
परीक्षा प्रधानमन्त्रीको मात्र नभएको सभामुखको पनि भएको बताउँदै थापाले संविधानको धाराले प्रतिनिधिसभा र सांसदको अधिकारले सरकार पुनःस्थापित भएको स्पष्ट पारे। उनले सभामुख र सांसद्को कर्मले गुमेको प्रतिनिधिसभा र संविधानकप्रतिको विश्वास फर्काउनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा