काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले संसद् सांसद्को प्रश्न र सरकारको निगरानीसँग डराउनुपर्ने बताएका छन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् थापाले नयाँ सरकारलाई पहिलाको सरकारलाई जस्तो संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञान नमान्ने, आसेपासे पोस्ने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने जस्ता अपराध गर्ने छुट नभएको बताए ।
‘न यो संसद्लाई बेवास्ता गर्न दिइनेछ, न त कामविहीन बनाउन, न मनोमानी ढंगले स्थगित गर्न दिइने छ, न त छल्न,’ उनले भने,‘यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग डराउनुपर्छ, सांसद्को प्रश्न र सरकारको निगरानीसँग डराउनुपर्छ ।’
परीक्षा प्रधानमन्त्रीको मात्र नभएको सभामुखको पनि भएको बताउँदै थापाले संविधानको धाराले प्रतिनिधिसभा र सांसदको अधिकारले सरकार पुनःस्थापित भएको स्पष्ट पारे। उनले सभामुख र सांसद्को कर्मले गुमेको प्रतिनिधिसभा र संविधानकप्रतिको विश्वास फर्काउनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड