काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको माधव नेपाल समुह सरकारमा आउने बताएका छन् । आफनो नीजि निवास बुढानिलकन्ठमा काग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी हरुको बैठकमा देउवाले त्यस्तो बताएको कांग्रेसका एक पदाधिकारीले बताए ।
कांग्रेसको महाधिवेशन लक्षित छलफल गर्नका लागि बैठक बोलाईएकोमा धेरैजसोको ध्यान भने महाधिवेशनका विषयमा भन्दा पनि देउवाले अब मन्त्रीमण्डल कहिले विस्तार गछर्न् ? उनले क -कसलाई मन्त्री बनाउँलान् भन्ने तिर थियो ।
‘प्रधानमन्त्री ज्यू, सरकार विस्तारमा विलम्व गर्नुहुन्न, कहिलेसम्म पूर्णतामा लाने हो, सरकारमा को को सहभागी हुन्छन्, यसतर्फ गम्भिरतापूवर्क सोचेर सरकारको पूर्णता दिएर जानुपर्यो । त्यसपछि महाधिवेशनमा पनि केन्द्रीत हुन सजिलो होला,’ नेताहरुको यस्तो प्रश्न पछि देउवाले सरकार विस्तारमा अब धेरै विलम्व गर्ने पक्षमा आफु पनि नभएको जवाफ दिएका थिए ।
‘प्रचण्ड जी र मसँग जसपाले केही दिन समय मागेका हुन, त्यो अब सरकारमा आउने हुन्छ , माधव नेपाल समुह पनि सरकारमा आउँछ । उसको केही आफनो अप्ठायारो होला, तर आउने कुरा नै भएको छ । माधव जीले सरकारमा आउने कुरा नै गर्नुभएको छ । ’ देउवाको भनाई उदधृत गदै ति नेताले भने,–‘अब भागवन्डा लगाउन पनि बाँकि नै छ । सरकारमा को को पार्टी सहभागी हुने प्रष्ट भएपछि मन्त्रालय भागवन्डा हुन्छ , मन्त्री विस्तार नेताहरुले नाम दिएपछि भईहाल्छ ।’
कांग्रेसले त्यसपछि पार्टीको महाधिवेशनको कार्यतालिकामा केही स्थगित गरेको छ । १२ साउनदेखि हुन लागेको वडा अधिवेशन कांग्रेसले स्थगित गरेको छ । यसको सूचना अर्काे जारी गर्ने कांग्रेसले जनाएको छ ।
बैठकमा कांग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले मंगलवार सम्ममा आफनो प्रतिवेदन बुझाउने प्रतिवद्धता जनाएको छ । संयोजक रमेश लेखकले दुई दिन समय दिन भन्दै मंगलवार बुझाउने प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० साउन २०७८, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल
सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए