प्रदेश १ मा एक हजार ९१ जनामा कोरोना सङ्क्रमण

रासस

शनिबार, ०९ साउन २०७८, २० : ४५
प्रदेश १ मा एक हजार ९१ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ९१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । 

एक हजार ६६१ को पिसिआर परीक्षणमा ३३८ र दुई हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा चार, उदयपुरमा तीन, पाँचथरमा दुई, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ३०७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७३ हजार २४३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा  कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र छ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस