भिम रावलले राजिनामा फिर्ता लिने

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, ०८ : २४
भिम रावलले राजिनामा फिर्ता लिने

काठमाडौँ । नेकपा एमाले माधव नेपाल समुहका नेता भिम रावलले राजिनामा फिर्ता लिने भएका छन् । बिहिबार माधव नेपालसँग भएको भेटमा राजिनामा फिर्ता लिने लागेको नेता नेपाललाई जानकारी गराएका थिए । 

रावलले नेपाली काँग्रेका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने विषयमा खटपट भएपछि सांसद पदबाट राजीनामा दिएका दिए । 

रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएसंगै उनले राजिनामा फिर्ता लिन लागेको एक नेताले बताए । राजिनामा फिर्ता गराउनकै लागि बिहीबार माधव नेपाल आफैं रावलनिवास टोखामै पुगेर छलफल समेत गरेका थिए । 

उक्त छलफलमा रावलले नेपाललाई यस विषयमा सोच्ने बताएका थिए। बिहीबार रावलले नेता नेपाललाई राजीनामा फिर्ता लिने जानकारी गराएको नेपाल निकट एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस