बाँकेमा पानीमा डुबेको ३ जनाको शव फेला

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १० : ५०
बाँकेमा पानीमा डुबेको ३ जनाको शव फेला

नेपालगंज । बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।  

Yeti Diistillery Tansen Cement box

उक्त नगरपालिका वडा नम्वर ११ स्थित  श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का  अरिब जसगढ,  सोही स्थानका बर्ष  १७ का  अरमान जसगढ र सदरलाईन  टोल बस्ने  वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।