काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ । अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो ।
यादव र केपलरबीचको भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले जनाएको छ । अध्यक्ष यादवले राजदूतसँग शिष्टाचार भेटघाट भएको बताए ।
‘भेटघाटमा एक अर्काको बारेमा समान्य भलाकुसारी हुन्छ,त्यही भएको हो, कुनै उद्देश्यले भेटघाट भएको हैन’ उनले भने । राजदूत केपलरले हिजो प्रधानमन्त्री देउवालाई पनि भेटेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता