एन्फाका तीन पदाधिकारीले दिए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १६ : ३२
एन्फाका तीन पदाधिकारीले दिए राजीनामा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापनको जिम्मेवारी पाएको समितिका पदाधिकारीले राजीनामा दिएको छ । 

समितिका संयोजकसहित ३ पदाधिकारीले आज मंगलबार राजीनामा दिएका हुन् ।  तीन सदस्यीय समितिमा दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका छन् ।  

प्रतिक्रिया दिनुहोस