जिल्ला वन पैदावार आपुर्ति समितिले गत आर्थिक वर्षमा २ करोड ४७ लाख बढीको चिरान काठ बिक्री गर्यो (भिडियोसहित)

कोरोनाका कारण काठ छपान र  कटानमा समस्या

प्रकाश सिग्देल

मंगलबार, ०५ साउन २०७८, १४ : ३९
जिल्ला वन पैदावार आपुर्ति समितिले गत आर्थिक वर्षमा २ करोड ४७ लाख बढीको चिरान काठ बिक्री गर्यो (भिडियोसहित)

चितवन । जिल्ला वन पैदावार आपुर्ति समिति भरतपुर चितवनले गत आर्थिक वर्षमा २ करोड ४७ लाख ५६ हजार ८ सय २७ रुपैयाँको चिरान काठ बिक्री गरेको छ । घरकाजका लागि २ करोड २१ लाख ३० हजार ५९९ मुल्यको ७ हजार १ सय ९६ क्यू फिट सालकोकाठ सर्वसाधारणलाई बिक्री गरेको हो ।

त्यस्तै विकास निर्माणमा ५ लाख २९ हजार ६६८ रुपैँया मुल्यको १७२ क्यु फिट काठ वितरण गरेको छ भने दैविक प्रकोप अन्तर्गत २ लाख ३३ हजार ८१९ रुपैँया मुल्यको १ सय ७९ क्यु फिट सालको काठ बिक्री गरेको जिल्ला वन पैदावार आपुर्ती समिति भरतपुर चितवनका सदस्य सचिव कृष्णप्रसाद अधिकारीले बताए । कार्यालयले साल बाहेक अन्य जातका काठ का साथै बेसाइज बाकल र भुष बिक्री गर्ने गरेको छ ।

 त्यस्तै कार्यालयले आर्थिक वर्ष ७६÷७७ मा १ करोड २० लाख ५८ हजार ९१३ रुपैयाँ मुल्यको चिरान काठ बिक्री गरेको थियो भने ७५÷७६ मा ६ करोड ४ लाख ४९ हजार ९७६ रुपैयाँ मुल्यको चिरान काठ बिक्री गरेको हो ।

कार्यालयले ७५÷७६ मा सबै भन्दा धेरै १५ हजार ७ सय ५६ क्यु फिट सालको काठ घरकाजका लागि बिक्री गरेको थियो भने भुकम्प पिडितका लागि पनि ४ हजार २ सय ६८ क्युफिट सालको काठ वितरण गरेको थियो ।

त्यस्तै सोही वर्ष विकास निर्माणमा १ हजार ३ सय ६१.२९ क्यु फिट र दैविक प्रकोपमा १ सय ८५ क्युफिट सालको चिरान काठ बिक्री गरेको हो । त्यसका अलावा कमसल जातका काठ, बेसाईज बाकल र भुष समेत कार्यालयले बिक्री गर्ने गरेको छ ।  

कार्यालयका सदस्य सचिव अधिकारीका अनुसार ३ वर्षको दैरानमा सबै भन्दा बढि मुल्यको काठ ७५÷७६ मा बिक्री गरेको र त्यस यता कोरोनाका कारण ब्यापारमा समस्या भएको बताए ।

कोरोनाले काठ छपान कटानमा समस्या भएपछि त्यसको असर बिक्रीमा देखा परेको उनको भनाई छ । चालू आर्थिक वर्षमा भने नयाँ कार्ययोजना बनाएर धेरै भन्दा धेरै काठ सर्वसाधारणलाई उपलब्ध गराउने गरि आफुहरु लागेको अधिकारीले बताए । कार्यालयले वनबाट प्राप्त काठ चिरान गरेर सर्वसाधारण लाई बिक्री गर्ने गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस