बागलुङ । काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।
घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए ।
स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०५ साउन २०७८, १३ : ४१
लेखकबाट थप