भारतमा २४ घण्टामा २९ हजार संक्रमित थपिए, ३ सय ७२ संक्रमितको मृत्यु

रासस

मंगलबार, ०५ साउन २०७८, ११ : ५१
भारतमा २४ घण्टामा २९ हजार संक्रमित थपिए, ३ सय ७२ संक्रमितको मृत्यु

नयाँ दिल्ली । भारतमा थप २९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ४२४ जनामा संक्रमण भएको छ ।  

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ७३ हजार १९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १२ हजार ३७५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ३७२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ५१३ पुगेको छ ।