काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका बरिष्ठ नेता माधव नेपाल भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । केहीबेर अगाडी मात्रै नेपाल निवास पुगेका प्रचण्ड र माधव नेपालका बीचमा अहिले छलफल जारी रहेको नेपालको नीजि सचिवालयले जनाएको छ । ’प्रचण्ड बिहान सवा ८ वजे कोटेश्वर आउनुभएको छ । अहिले वरिष्ठ नेता माधव नेपाल र उहाँ (प्रचण्ड) का बीचमा छलफल भइृरहेको छ,’ नेपालको सचिवालयले भन्यो ।
नेपाललाई एमालेको ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ । आज दिउँसो सम्मलाई समय राखेर सोधिएको स्पष्टीकरण पछि आजै दिउँसो ३ बजे बस्ने ओली पक्षको केन्द्रीय समिति बैठकले नेपाल सहित नेताहरुलाई कारवाहीको तयारी गरेको छ । यही पृष्ठभूमिमा प्रचण्ड नेपाल भेट्न नेपालको निवास कोटेश्वर पुगेका हुन् । भेटमा एमालेभित्रको अन्तरकलह, अबको माधव नेपालको राजनीतिक यात्रा र सरकारमा सहभागिता लगायतका विषयमा केन्द्रीत रहेर छलफल भएको हुन सक्ने नेपालको सचिवालयका एक सदस्यले सफलखबरलाई बताए ।
माधव नेपाल ओलीसँग नझुक्ने, ओली सच्चिन तयार रहे पूरानै अवस्थाबाट एकताको लागि अब पहलकदमी लिने तर ओली सच्चिनै तयार नभए र अझै पनि अहंमका रुपमा अगाडी बढन् खोजे नयाँ राजनीतिक कोर्स शुरु गर्ने रणनीतिमा छन् । नेपालले हिजो सोमबार मात्रै पनि आफु निकटका केन्द्रीय सदस्यहरुसँग आफ्नो दायाँ बायाँ हिड्नेहरुले साथ छोडेपनि आफु इमानको राजनीतिमा नडगमगाएको भन्दै निष्ठाको राजनीति सबैले गर्नुपर्ने बताएका थिए ।
ओली पक्षले स्पष्टिकरण सोधेपछि देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुको नेपाल निवासमा छलफल भएको थियो । त्यही नेपालले झुकेर ओलीसँग आत्मसमर्पण आफुले नगर्ने प्रष्ट पारेका थिए । एक्लै भएपनि आफु उभिने बताएपछि नेता नेपाललाई साथ दिएका सांसदहरुले आउने दिनमा पनिसाथ दिने प्रतिबद्धता जनाएका थिए ।
नेपाल समुहकै दोश्रो तहका नेताहरु भीम रावल, योगेश भटराई, गोकर्ण विष्ट, भीम आचार्य लगायत नेताहरु भने ओलीको गुलियो प्रलोभनमा फसेर नेपालको साथ छोडन खोजिरहेका छन् । उनीहरुको मन ओलीतिरै ढल्किसकेपनि तैपनि नेपाललाई पनि एमालेभित्र लत्राउन सकिन्छ की भन्ने प्रयासमा जुटिरहेका छन् । तर आफनो दोस्रो पुस्ताका नेताले आफुलाई धोका दिएको निश्कर्षमा नेपाल पुगिसकेका छन् । यो परिवेशमा प्रचण्ड र नेपालका बीचमा भएको भेटवार्ता अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु
विशेष अदालतमा माधव नेपालको बयान सुरु