मन्त्रिमण्डलमा कसरी मिलाउँदैछन् देउवाले भागवण्डा ?

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, ०९ : ०१
मन्त्रिमण्डलमा कसरी मिलाउँदैछन् देउवाले भागवण्डा ?

काठमाडौं । संसदबाट विश्वासको मत प्राप्त गरेपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यान यतिबेला क्याविनेट विस्तारतिर मोडिएको छ । उनले गठबन्धन दलहरुको चित्त बुझाएर सबैलाई समेटेर मन्त्रीमण्डल बिस्तारको तयारी शुरु गरेका छन् ।एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर गत जेष्ठ ८ गते दोस्रो पटक अवैधानिक र निरंकुश तरिकाबाट संसद विघटन गरेका थिए । देउवाको पक्षमा १४९ सांसदले हस्ताक्षर गरी प्रधानमन्त्री बनाउन माग गरेपनि राष्ट«पतिले केपी ओलीको डिजाइनमै देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइनन् ।

जब संसद विघटन भयो, त्यसपछि काँग्रेस, माओवादी लगायत एमालेकै पनि माधव नेपाल समुह सर्वोच्च अदालत पुगे, अदालतले संसद पूर्नस्थापना मात्रै गरिदिएन, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै दियो । त्यसपछि देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले एक महिनाभित्र विश्वासको मत संसदबाट लिए हुने सम्वैधानिक ब्यवस्था भएपनि संसदको अधिवेशन शुरु भएको पहिलो दिन अर्थात प्रधानमन्त्री नियुक्त भएको ५ दिनमै संसदबाट विश्वासको मत लिए ।

विश्वासको मत लिने बेला उनलाई समर्थन गर्ने सांसदको संख्या बढेर १६५ पुगेको थियो । त्यसपछि भने उनी अहिले मन्त्रीमण्डल विस्तारका लागि गठबन्धनमा आवद्ध दलहरुलाई मन्त्रालय भागवन्डा र मन्त्रीको नाम दिन ताकेतामा लाग्न थालेको काँग्रेसका नेताहरुले बताएका छन् । देउवाले प्रधानमन्त्रीको सपथ लिदै गर्दा आफ्नै पार्टी काँग्रेसबाट थप २ जना र माओवादी केन्द्रबाट २ जनालाई सरकारमा सहभागी गराएर मन्त्रीमण्डल विस्तार गरेका छन् । अहिले उनको मन्त्रीमण्डल ५ सदस्यीय छ । संविधानको ब्यवस्था अनुसार अब उनले २० जना सम्म मन्त्री बनाउन पाउँछन् ।

मन्त्रालयको संख्या टुंगो लगाएपछि सन्तुलित ढंगले मन्त्रालय कुन कुन भन्ने भागवन्डा पनि प्रधानमन्त्री देउवाले लगाउन पर्नेछ । देउवाले अब काँग्रेसलाई बढीमा ४ वटा मन्त्रालय राख्न चाहेका छन् । प्रधानमन्त्री सहित ८ मन्त्रालय मात्र काँग्रेसले राखेर अरु मन्त्रालय गठबन्धनमा सहभागी दलहरुका बीचमा भागवन्डा लगाउन चाहेको छ । माओवादी केन्द्रलाई ६, एमालेको माधव नेपाल समुहलाई ५, उपेन्द्र यादव पक्षलाई पनि ६ मन्त्रालय दिएर मिलाउने प्रयासमा प्रधानमन्त्री देउवा छन् । तर आफुलाई विश्वासको मत दिएको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुन तयार भए उसलाई पनि जसपालाई दिन खोजेको ६ वटा मन्त्रालयबाटै भागवन्डा मिलाउनु पर्ने बाध्यतामा देउवा छन् ।

त्यसका लागि उनले आफनो पार्टी काँग्रेसलाई कति मन्त्रालय राख्ने, माओवादी केन्द्रलाई कति मन्त्रालय दिने, जसपाको उपेन्द्र बाबुराम पक्षलाई कति मन्त्रालय दिने, एमालेकै माधव नेपाल पक्षलाई सरकारमा ल्याएर कति मन्त्रालय दिने र अन्तिम अवस्थामा विश्वासको मत दिन आईपुगेको जसपाकै महन्थ ठाकुर पक्षलाई के गर्ने ? भन्ने सम्मको निर्णयमा पुग्नुपर्नेछ । गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले भने विश्वासको मत दिने र सरकारमा नजाने औपचारिक निर्णय लिईसकेको छ । उसको एक जना मात्र सांसद रहेकोले सरकारमा जादा आफनो पार्टीले संसदमा खेल्नुपर्ने भूमिका कमजोर हुने देखेपछि सरकारमा नजाने निर्णय लिएको हो ।

मन्त्रालयको संख्या टुंगो लगाएपछि सन्तुलित ढंगले मन्त्रालय कुन कुन भन्ने भागवन्डा पनि प्रधानमन्त्री देउवाले लगाउन पर्नेछ । देउवाले अब काँग्रेसलाई बढीमा ४ वटा मन्त्रालय राख्न चाहेका छन् । प्रधानमन्त्री सहित ८ मन्त्रालय मात्र काँग्रेसले राखेर अरु मन्त्रालय गठबन्धनमा सहभागी दलहरुका बीचमा भागवन्डा लगाउन चाहेको छ । माओवादी केन्द्रलाई ६, एमालेको माधव नेपाल समुहलाई ५, उपेन्द्र यादव पक्षलाई पनि ६ मन्त्रालय दिएर मिलाउने प्रयासमा प्रधानमन्त्री देउवा छन् । तर आफुलाई विश्वासको मत दिएको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुन तयार भए उसलाई पनि जसपालाई दिन खोजेको ६ वटा मन्त्रालयबाटै भागवन्डा मिलाउनु पर्ने बाध्यतामा देउवा छन् । त्यसो गर्दा जसपाभित्रै मन्त्रालय भागवन्डामा सकस पर्न सक्ने उनले ठानेका छन् ।

अर्कोतिर माधव नेपाल समुहले सरकारमा गईहाल्ने विषयमा कुनै औपचारिक निर्णय लिएको छैन् । तर देउवाले नेपाल समुहलाई सरकारमा आउन औपचारिक आग्रह भने गरिसकेका छन् । प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार, उनले पार्टीभित्रकै रामचन्द्र पौडेल पक्षलाई ३ जना मन्त्रीहरुको नाम दिन आग्रह् गरेका छन् । धेरै मन्त्रालय पार्टीसँग नहुने र सत्ता सहयात्री दलहरुलाई चित्त बुझाउनु पर्ने भएकाले पनि धेरै मन्त्रालय र महत्वपूर्ण मन्त्रालय मागदावी नगर्न भन्दै पौडेल पक्षलाई सकभर दुई जना र गर्नेपर्ने भए ३ जनासम्मको मात्र नाम प्रस्ताव गर्न भनेको छ ।

देउवाले आफुले राख्न खोजेको प्रधानमन्त्रीसहितको बढीमा ८ मन्त्रालयमा ३ जना आफुइतर पक्षका र बाँकी ४ जना आफनो पक्षका नेतालाई मन्त्री बनाउन चाहेका छन् । सरकारमा सहभागी भईसकेका दुई जना देउवा पक्षकै छन् । गृहमन्त्री वालबृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की दुवै जना देउवा निकटकै नेता हुन् । पौडेल पक्षका नेताहरुको हिजो मात्रै महामन्त्री डा. शसांक कोइराला निवासमा बसेको बैठकले उपप्रधानमन्त्री आफनो समुहका नेतालार्इ माग गर्ने निश्कर्ष निकालेको छ । देउवासँग उपप्रधानमन्त्री आफनो समुहका नेतालाई दिन प्रस्ताव गर्ने र त्यसमा कुरा मिले डा. शसांक कोइराला, प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये एक जनालाई सरकारमा पठाउने गरी आन्तरिक तयारी गरेको छ ।

देउवाले उपप्रधानमन्त्री दिने बचन दिएमा यी तीन जनामध्येबाट एकजनालाई सरकारमा पठाउने गरी अन्य २ जनाको नाम छान्ने योजना संस्थापन इतर समुहको छ । यो समुहले मिनेन्द्र रिजाल, दिलेन्द्र वडु लगायतलाई मन्त्री बनाउने गरी आन्तरिक छलफल गरेको छ । देउवा समुहमै पनि मन्त्री ताक्ने नेताहरुको संख्या बढी नै छ । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रसँग अब ४ जनाको नाम मन्त्रीका लागि प्रस्ताव गर्न आग्रह् गरिरहेका छन् । माओवादीबाट २ जना मन्त्री भइईसकेका छन्, अर्थमा जर्नादन शर्मा र उर्जामा पम्फा भुषाल । प्रचण्डलाई पनि देउवाले मागेको ४ जनाको मात्र नाम छनौट गर्न सकस परेको  छ ।

स्थायी समितिमा अहिलेसम्म मन्त्री बन्ने अवसर नपाएका देवेन्द्र पौडेललाई मन्त्री बनाउन प्रचण्डमाथी दबाब छ । त्यसमाथी महिला, मधेसी, जनजाति सवै क्षेत्र विशेष पनि मिलाउनु पर्ने अवस्थामा प्रचण्ड छन् । पार्टीको संगठनात्मक संरचना समावेशी चरित्रको बनाउने गरी अगाडी बढेको माओवादी केन्द्रले सरकारमा पनि समावेशी आधारमै प्रतिनिधित्व गराउनु पर्ने माग उठेको छ । यसो हुँदा देवेन्द्र पौडेल, मात्रिका यादव, हितवहादुर तामाङ, सन्तकुमार थारु, सुदन किराँती लगायत नेताहरु मन्त्रीका आकाक्षी देखिएका छन् । यसमध्येबाट छानेर पठाउने या अरु नाममा पनि छलफल गर्ने प्रचण्ड अहिले आन्तरिक परामर्शमै छन् । सरकारमा उपप्रधानमन्त्री सहित नारायणकाजी श्रेष्ठले पनि जान रुची देखाईरहेका छन् ।

माधव नेपाल समुह सरकारमा गएमा भने विरोध खतिवडा, रामकुमारी भाँक्रीले मन्त्री पाउनेछन् । त्यो समुहमाथी सरकारमा जान पनि उत्तिकै दबाब छ । तर ओलीले देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई अब के गर्छन् ? त्यो हेरेपछि मात्र थप निर्णयमा पुग्ने तयारी नेपाल पक्षमा छ । ओलीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज दिउँसो सम्म स्पष्टीकरण हेरेर दिउँसो ३ बजे बस्ने बैठकपछि मात्र यस विषयमा एमालेले निर्णय लिन खोज्दैछ । नेपाल समुहलाई विभाजन गर्न सफल भएका ओलीले आज माधव नेपाल सहितका सांसदलाई के गर्छन् ? त्यसको चासो पनि देउवामा छ । जसपाको उपेन्द्र बाबुराम पक्षले उपप्रधानमन्त्री सहित सरकारमा दाबी गरिरहेको छ । उपप्रधानसहित ६ मन्त्रालयमा उपेन्द्र बाबुरामको दाबी छ । उपप्रधानमन्त्री पाए उपेन्द्र आफै सरकारमा जाने सम्भावना छ ।

मोहम्मद इस्तियाक राई लगायत जसपाबाट मन्त्री बन्न सक्ने सम्भावना छ । तर महन्थले पनि सरकारमा जाने रुची देखाए दुवै जसपाबाट त्यही ६ वटा मन्त्रालयमा भागवन्डा मिलाउनु पर्ने बाध्यता देउवासँग छ । तर त्यसो गर्दा उपेन्द्र पक्षलाई कसरी मनाउने भन्नेमा प्रधानमन्त्री जुटेका छन् ।

देउवाको सचिवालयका लागि पनि उस्तै दौडधुप
प्रधानमन्त्री देउवाको निजी सचिवालयको लागि पनि दौडधुप उत्तिकै छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारका लागि डा. प्रकाशसरण महत, रमेश लेखक र विश्वप्रकाश शर्मा लविङमा देखिन्छन् । तर देउवाले सुदुरपश्चिमकै एनपी साउदले चाहेमा उनलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउन चाहेका छन् । तर साउदले प्रमुख राजनीतिक सल्लाहकारमा रुची नदेखाएका कारण अरु नेता दौडधुपमा लागेको काँग्रेसकै एक नेताले बताए ।

 परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराई लागिरहेका छन् । प्रेस सल्लाहकारमा पनि आधा दजर्न दौडधुपमा छन् । पत्रकार महासंघका सभापति भईसकेका सुरेश आचार्य देखि प्रेस युनियनका पूर्वअध्यक्ष समिरजंग शाह, अहिलेको अध्यक्ष बद्री सिग्देल, वसन्तप्रकाश उपाध्याय देखि देउवा अघिल्लो पटक प्रधानमन्त्री रहदा प्रेस संयोजकको भूमिका निर्वाह् गरेका गोविन्द परियार सम्म दौडधुपमा छन् । परियार देउवा पत्नी डा. आरजु देउवाले रुचाएका पात्र हुन् ।

अवसर दिए किन पछि हट्ने भन्दै वरिष्ठ पत्रकार किशोर नेपाल पनि कस्सिएको स्रोत बताउँछ । तर यसैमध्येबाट कुनैलाई छान्छन्, या अरु नै रोज्छन् ? त्यो पनि अहिले नै खुलिसकेको छैन् । प्रमुख स्वकिय सचिव भने देउवाले भतिज भानु देउवालाई नै नियुक्त गर्ने सक्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस