कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, ०७ : ४५
कस्तो रहला आजको मौसम ?

काठमाडौं । मंगलबार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का  वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यसैगरी मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती,  गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको महाशाखाको भनाइ छ ।  

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी  र लुम्बिनी   प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस