जापान पठाइदिने भन्दै ३९ लाख रुपैयाँ ठग्ने ३ महिलासहित ४ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, १७ : ००
जापान पठाइदिने भन्दै ३९ लाख रुपैयाँ ठग्ने ३ महिलासहित ४ जना पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै ठगी कार्यमा संलग्न तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली फेसबुक खाता खोली आफूलाई जापानको इमिग्रेसनमको आधिकारीका रुपमा चिनाइ विभिन्न व्यक्तिहरुसँग रकम उठाएर ठगी गर्ने कार्यमा संलग्न मकवानपुरकी शुभद्रा परियादइलामकी पूजा राई, भक्तपुरकी दीपिका केसी र सिन्धुपाल्चोकका राजेन्द्र ढकाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

फेसबुकमार्फत पीडितलाई सम्पर्क गरेर उनीहरुले वर्किङ भिसाको प्रक्रियाका लागि रकम पठाउनुपर्छ भन्दै विभिन्न बैंकको खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको खुल्न आएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । 

तर रकम पाएपछि सम्पर्क बिहीन भएपछि पीडितहरु महाशाखामा उजुरी बोकेर पुगेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस