पार्टीमा आउन चाहने साथीहरु आउनुस् स्वागत छ तर माधव नेपाललाई स्वागत छैन : ओली

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, १३ : ५९
पार्टीमा आउन चाहने साथीहरु आउनुस् स्वागत छ तर माधव नेपाललाई  स्वागत छैन : ओली

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाएका छन् । 

पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताए । नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उनले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’

उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।’

२२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस