प्रदेश १ मा १६१ मा कोरोना सङ्क्रमण पुष्टिः ४६९ जना सङ्क्रमणमुक्त

रासस

शनिबार, ०२ साउन २०७८, १९ : ५१
प्रदेश १ मा १६१ मा कोरोना सङ्क्रमण पुष्टिः ४६९ जना सङ्क्रमणमुक्त

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।  निको हुनेमा २०५ महिला र २६४ पुरुष छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म ७० हजार ८५३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा यो प्रदेशमा १६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । कूल ६७९ जनाको पिसिआर परीक्षण गर्दा ७१ महिला र ९० पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये  सुनसरीका ९२, मोरङका ३४, झापाका २३, धनकुटाका छ, भोजपुर, उदयपुर र तेह्रथुमका एक–एक र प्रदेश  बाहिरका तीन रहेका छन् । 

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ९३७ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या पाँच हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस