फेसबुकले खोप र महामारीबारे गलत सूचना फैलाएर मान्छे मार्ने काम गरिरहेको छ : बाइडेन

एजेन्सी

शनिबार, ०२ साउन २०७८, १६ : ५२
फेसबुकले खोप र महामारीबारे गलत सूचना फैलाएर मान्छे मार्ने काम गरिरहेको छ : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले खोपलाई लिएर फेसबुकजस्ता सामाजिक संजालमा फैलिएको गलत सूचनाले मानिसको मृत्यु हुने क्रम बढेको चेतावनी दिएका छन् ।खोप र महामारीबारे गलत सूचना फैलाउन फेसबुकले मद्दत गरेको भन्दै बाइडेनले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस्तो असन्तुष्टि जनाएका हुन् ।

पछिल्लो ह्वाइट हाउसले गलत सूचनालाई फैलाउनबारे रोक्न सामाजिक संजालका कम्पनीमाथि दबाब दिइरहेको छ । फेसुबकले पनि नागरिक स्वास्थ्यको रक्षाका लागि आफूले कडा कदम चालिरहेको जनाएको छ ।

‘तिनीहरुले मान्छे मारिरहेका छन्’ बाइडेनले भने, ‘खोप नलगाएकाले अहिले संक्रमण फैलाइरहेका छन् र महामारीलाई जटिल तुल्याइरहेका छन् ।’अमेरिकी स्वास्थ्य अधिकारीले पछिल्लो समय संक्रमण र मृत्युदर वृद्धि हुनुमा खोप नलगाएका मानिसहरु जिम्मेवार रहेको बताउँदै आएका छन् ।

शुक्रबार नै ह्वाइट हाउसका प्रेस सेक्रेटरी जोन पास्कीले पनि फेसबुकसहितका सामाजिक संजालले गलत सूचनालाई रोक्न कुनै कदम नचालेको बताएका थिए ।फेसबुकका प्रवक्ता केभिन म्याकलिस्टरले चाहिँ गलत सूचना फैलाउने १ करोड ८० लाखभन्दा बढी एकाउन्टलाई बन्द गरिएको जनाएका छन् ।