तीन सातापछि डमरुको डण्डीबियो हेर्न पाइने

विहीबार, २९ चैत्र २०७४, १७ : २५

चितवन । नेपाली कथानक चलचित्र डमरुको डण्डीबियो तीन सातापछि बैशाख २१ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र युनिटले बिहीबार नारायणगढमा पत्रकार सम्मेलन गरी चलचित्रबारे जानकारी गराएको हो ।
सम्बृधि इण्टरटेण्मेण्टको प्रस्तुति डमरुको डण्डीबियोका लेखक खगेन्द्र लामिछानेले चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका छन् । नोर्बु छिरिङ घले र बिनोद गुरुङले मिलेर निर्माण गरेको चलचित्रको निर्देशन छेतन गुरुङले गरेका छन् । चलचित्रमा मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कलाकार खगेन्द्र लामिछानेले चलचित्रको पस्तुतिले स्वदेशी स्वाद पस्कने बताए । चलचित्रको मुख्य पात्र डमरुको भूमिकामा रहेका लामिछानेले नेपालको राष्ट्रिय खेल डण्डीबियोलाई स्थापित गर्न डमरुले गरेको संघर्षको कथा नै डमरुको डण्डीबियो भएको बताए ।

डण्डीबियोको क्रान्ति ल्याउँछु भनेर गाउँ पसेको डमरुले सफलता पाउँछ कि पाउँदैन त ? यसको जवाफका लागि भने आगामी बैशाख २१ गते सिनेमा हलमा छिर्नै पर्नेछ । युट्युबमा सार्वजनिक डमरुको डण्डीबियोको ट्रेलरले चार लाखभन्दा बढी भ्युअर्स पाइसकेको छ ।
यस्तो छ, डमरुको डण्डीबियोको ट्रेलर :

 

प्रतिक्रिया दिनुहोस