महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १४ : १५
महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपा महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ । 

बबरमहलस्थित जसपामा कार्यालयमा बस्न लागेको कार्यकरिणी समितिको बैठकमा निर्वाचन आयोगमा विचाराधीन मुद्दा, सर्वोच्च अदालतको आदेश, देउवा सरकारबारे धारणा तय गर्ने लगायतको विषयमा छलफल हुने कार्यकारिणी समितिका सदस्य अकवाल अहमदले बताए ।

अध्यक्ष महन्थ ठाकुरले हेरफेर गरिएको कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षीय २० जना सदस्य हटाएर आफू निकटका लाई समितिमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस