एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोना संक्रमणदर अत्यधिक रुपमा वृद्धि भएको छ । शुक्रबार सार्वजनिक तथ्यांक अनुसार एकैदिनमा झन्डै ५२ हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार २४ घन्टामा ५१ हजार ८७० नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या अघिल्लो हप्ताको तुलना करिब ४५ प्रतिशतले वृद्धि भएको हो ।
यो संख्या गत जनवरीयताकै उच्च्च हो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या ५३ लाख ३२ हजार ३७१ पुगेको छ ।इंग्ल्याण्डमा जारी लकडाउन खुल्न दुई दिनमात्र बाँकी रहँदै गर्दा संक्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो ।
आउँदो सोमबारबाट इंग्ल्याण्डमा हाल लागू गरिएका लकडाउन सम्बन्धी सम्पूर्ण कानूनी प्रावधानहरु अन्त्य गरिने प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरिसकेका छन् । यद्धपि सार्वजनिक यातायतलगायतका स्थानहरुमा भने मास्क अनिवार्य गरिने भएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ६३ जना संक्रमितको मृत्यु भएको थियो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २८ हजार ६४२ जनाको मृत्यु भइसकेको छ ।बेलायतमा दुई तिहाइ भन्दा बढी अर्थात ६७.५ प्रतिशत वयस्कहरुले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् भने ८७.६ प्रतिशतले खोपको पहिलो डोज लिएका छन् ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को पछिल्लो तथ्यांक अनुसार बेलायतमा ८ करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ। जसमध्ये चार करोड ६१ लाख ५९ हजार १४५ जनाले पहिलो र तीन करोड ५५ लाख ४३ हजार ३२१ जनाले दोस्रो डोज लगाएको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ साउन २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित