खोप लगाउँदैमा कोरोना पूर्ण रुपमा निर्मूल हुन्छ भनेर अनुमान गर्नु गलत : विश्व स्वास्थ्य संगठन

एजेन्सी

विहीबार, ३१ असार २०७८, १२ : २०
खोप लगाउँदैमा कोरोना पूर्ण रुपमा निर्मूल हुन्छ भनेर अनुमान गर्नु गलत : विश्व स्वास्थ्य संगठन

काठमाडौं । पछिल्लो केहि हप्तादेखि कोरोना संक्रमितको संख्या बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका कार्यकारी निर्देशक डाक्टर माइक रायनका अनुसार लकडाउन खुकुलो पारेको कारण पनि कोरोना संक्रमणमा कमी नआएको हो ।

रायनले कोरोना विरुद्धको खोप लगाउँदैमा कोरोना पूर्ण रुपमा निर्मूल हुन्छ भनेर अनुमान गर्नु गलत रहेको समेत बताएका छन् । सबैले खोप नलगाएको अवस्था र खोपले कतिसम्म, कुन विस्तारमा संक्रमणलाई रोक्छ भन्ने बारे यकिन नभएका कारण लकडाउन खुकुलो हुनासाथ संक्रमण बढ्ने गरेको उनको भनाई छ ।

विश्वका सबैले कोरोना घट्दै गरेको अवस्थालाई आफूहरु सुरक्षित रहेको ठान्नु र अब छिट्टै परिस्थिति महामारी अघिको जस्तै हुन्छ भन्ने सोच्नु नै खतरनाक हुँदै गएकाले विश्वका सबै देशका सरकारले अहिलेको अवस्थामा धेरै सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

भाइरसको स्वरुप परिवर्तन भइरहेको र नयाँ प्रजाती विकसित भइरहेका कारण थप सावधानीका साथ लकडाउन खोल्न आग्रह गर्दै भनिएको छ, ‘सतर्कता र सावधानी झन् धेरै देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस