देउवा प्रधानमन्त्री भएलगत्तै विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, ११ : ३९
देउवा प्रधानमन्त्री भएलगत्तै विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिएकै भोलिपल्ट (आज) नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छार काठमाडौं विशेष दालतमा हाजिर भएका छन् ।

बालुवाटारको ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो । तर गच्छदार अदालतमा उपस्थित भएका थिएनन् ।

अदालतले गच्छदारको ठेगाना नभेटेको भन्दै म्याद तामेल गर्न सकेको थिएन । बुधवार गच्छदार आफैं विशेष अदालत पुगेका हुन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बुधवार थुनछेक बहस हुने जानकारी दिए । अदालतमा गच्छदारको बयान लिन शुरू भएको छ । अख्तियारले मुद्दा दायर गरेपछि गच्छदारको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस