अटोमेटिक पेस्तोलसहित सडकमा निस्केका दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १७ : ३४
अटोमेटिक पेस्तोलसहित सडकमा निस्केका दुई जना पक्राउ

सिरहा । सिरहामा अटोमेटिक पेस्तोल बोकेर सडकमा निस्केका दुई जना पक्राउ परेका छन् ।

गोलबजार नगरपालिका–९ स्थित आँपको बगैंचामा मेड इन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल बोकेर हिँडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१०, पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रूपेस यादव हुन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आँपको बगैंचा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हतियार बोकेर हिँडेको अवस्थामा पक्राउ गरेको हो ।


 

प्रतिक्रिया दिनुहोस