नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १५ : ४२
नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौँ । विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्न लागेको हो ।

कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्‍न लागेको हो ।

देउवाका स्वकीय सचिव भानु देउवाले ५ बजे गठबन्धनको बैठक बस्न लागेको जानकारी दिए ।

५ बजे पूर्वप्रधानमन्त्री तथा गठबन्धनका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस