काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । फैसलालाई आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइसकेको बताउँदै प्रचण्डले यसको कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
संसद् पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको भन्दै प्रचण्डले न्यायाधीशहरूलाई धन्यवाद समेत दिएका छन् ।
प्रचण्डले भने, ‘सर्वोच्च अदालतबाट फैसला आइ नै सकेको छ । दुनियाँले यसलाई स्वीकार्ने कुरा हुन्छ । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ नै सकेको छ । यदि फैसला कार्यान्वयन नगर्नेतिर गइयो भने जनताले उनीहरूलाई बढार्नेछन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो ऐतिहासिक अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको प्रचण्डले बताए ।अब शेरबहादुर देउवाको नेतृत्वमा बन्ने गठबन्धन सरकारले जनताको पक्षमा काम गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । साथै अब देशमा वामपन्थीहरूको एकता र राष्ट्रिय एकतासमेत हुने उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड