कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी बादीलाई

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १२ : १४
कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी बादीलाई

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाज सेवा पुरस्कार‘–२०७७ उमादेवी बादीलाई प्रदान गर्ने निर्णय गरिएको छ।

हाल सुदूरपश्चिम प्रदेश सभा सांसद रहेकी बादीले मानव अधिकाररसामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

२०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु। १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित बादीलाई पुरस्कृत गरिने छ।२०१८ साल फागुन ४ गते जन्मेकी उमादेवी बादीले २०६४ सालमा राष्ट्रिय बादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो बादी आन्दोलनको नेतृत्व गरेकी थिइन्।

सो आन्दोलनको परिणामस्वरुप बादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो।विपन्न दलित बादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवी बादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बिबिसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचिमा १० औँ स्थानमा राखेको थियो।

प्रतिक्रिया दिनुहोस