काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश १, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना