शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम भ्रष्टाचार भएको भन्दै सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, ११ : ५९
शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम भ्रष्टाचार भएको भन्दै सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

काठमाडौँ । नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम राजनीतिकरण तथा भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शनका लागि सिंहदरबार अगाडि गएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, नारायण वाग्ले, विमल अर्याल, अर्चना थापासहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

 

 

प्रतिक्रिया दिनुहोस