काठमाडौं । एमालेभित्र प्रधानमन्त्री केपी ओलीका निक्कै आलोचक मानिन्थे भीम रावल । ओलीको कार्यशैलीका चर्का आलोचक मानिएका रावल प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि एकाएक १८० डिग्रीकै कोणमा फेरिएका छन् ।
त्यस अगाडीका उनका केही भेटघाट पनि रहस्यमै छन् । आफुलाई निक्कै राष्ट्रवादी नेता देखाउँदै आएका रावलले प्रधानमन्त्री ओलीसँग र केही त्यस अगाडीका अपारदर्शी भेटघाट पछि भने एमाले विवाद मिलाउनु पर्ने भन्दै ओलीलाई नै सर्वेसर्वा बानाउने सम्मको भूमिकामा अगाडी जान खोजेका छन् ।
ओलीले उनलाई एमालेभित्र आफु पछिको उत्तराधिकारी बनाउने सम्मको आश्वासन दिएका छन् ।
’एमालेमा अन्य नेता नै छैनन । संगठन बुझेको, जनाधार भएको नेता नै अरु देखिएनन । फेरि अरु नेता लोकप्रिय पनि छैनन, गर्ने अब तपाईले नै हो,‘ २० असारको बेलुकी प्रधानमन्त्री ओलीले रावललाई वालुवाटारमा बोलाएर आश्वासन दिएका थिए,–’म पछिको नेता नै अब तपाई (रावल) हो । मेरो उत्तराधिकारी । महाधिवेशन पछि एमाले नेतृत्व तपाईतिरै सर्दैछ । अहिले किन लफडा निम्ताईरहने, आउनुस् मिलेर जाऔं । वामदेवले अब गर्न सक्दैनन, इश्वरको पनि ल्याकत छैन । विष्णु पौडेलहरु लोकप्रिय छैनन । शंकर पोखरेलहरुको अहिले नै नेतृत्व गर्ने बेला भएको छैन । अब एमाले सम्हाल्ने र नेतृत्व गर्न सक्ने क्षमताको नेता तपाई नै हो । किन अरु तिर सोच्नुहुन्छ ?’
ओलीले आवश्यक परे पार्टीमा वरिष्ठ उपाध्यक्ष नै ब्यवस्था गरेर पार्टीमा कार्यकारीको भूमिका जस्नै बनाएर अहिले देखि नै लैजान तयार रहेको सम्मको आश्वासन रावललाई दिएका थिए ।
तत्काल संसद पूर्नस्थापना भएमा उपप्रधानसहित गृह या परराष्ट मध्ये रोजेको मन्त्रालय दिने पनि रावललाई ओलीले बचन दिएका थिए ।
एकातिर रावलको पछिल्ला दिनमा हुन थालेको अपारदर्शी भेटघाट र अर्काेतिर ओलीको त्यस्तो वचनले रावल एकाएक १८० डिग्रीमा फेरिएका हुन् ।
त्यसपछि भने रावल कार्यदल ब्यूताउने, त्यही छलफल गर्ने र एमाले मिलाउने गरी अगाडी जाने विषयमा सहमति जनाएर ओलीसँग छुटिटए । त्यसपछि भने उनले माधव नेपालसँग अब मिलनुपर्ने दवाब बढाउन थाले ।
रावलले नेपाललाई अव सबै छोड्यौं, मिलेरै जाऔं भन्न थालेका थिए । त्यसपछि कार्यदलको बैठक राखेर उनले ओलीलाई सहज हुने गरी आफना पूर्ववत अडान छोडन थालेका हुन् ।
ओली यो रणनीतिमा पनि सफल देखिएका छन् । माधव नेपाल समुहलाई छिन्नभिन्न पार्ने रणनीतिका साथ ओलीले शुरु देखि नै म सस्थागत होइन, ब्यक्तिगत डिल मात्र गर्छु भन्ने प्रधानमन्त्री ओलीले भन्दै आएका थिए ।
त्यही रणानीतिका आधारमा उनले योगेश भटटराईलाई बालुवाटार बोलाए, त्यस्नै अनेक आश्वासन दिएका छन् । सुरेन्द्र पाण्डेलाई त्यस्तै आश्वासन छ । गोकर्ण विष्ट लगायतलाई पनि रोजेकै मन्त्रालय दिने गरी आश्वासन वाडेका छन् ।
ओलीको यो फुटाउ र राज गरको नीति हो । हिजो नेकपा हुँदा खेरी पनि ओलीले यस्तै आश्वासन र वचन सवै नेतालाइृ दिएका थिए । अब एमाले हाक्ने नेता नै छैनन तपाई नै हो, प्रधानमन्त्री , पार्टी अध्यक्ष तपाई नै हो भनेर एकै दिनमा समय फेरेर बोलाएर कहिले प्रचण्ड, कहिले माधव नेपाल र कहिले वामदेव गौतम सम्मलाइृ उनले त्यसतै आश्वासन दिएर आफुतिर केन्द्रीत गराउने र एकआपसमा मिल्न नदिई फुटाउने र राज गर्ने नीति लिएका थिए ।
माधव नेपाल र प्रचण्डले ओलीको त्यस्तो शैली बुझेपनि वामदेवले नवुझदा उनी कहिले यता, कहिले उता ढिम्कने गर्दथे । अहिले ओलीले दोस्रो तहका नेता आफुलाई भन्न रुचाउने नेताहरुमा त्यही शैलीको हतियार चलाएका छन् । जसले रावल देखि गोकर्ण, सुरेन्द्र सम्म ओलीको आवश्वासनमा लठठिएका छन् ।
तर घनश्याम भुषाल भने ओलीसँग सम्पूर्ण रुपमा प्याकेज सहमति नजुटदा सम्म त्यक्तिकै मिल्न नहुनेमा अझै छन् । जसले पछिल्ला दिनमा माधव नेपाललाई साथ दिन खोजेको जस्तो देखिन्छन । तर नेपाल माथी यति दवाब बढाएका छन की नेपाल पक्षका भनिएका नेताहरुले उनीहरु एकातिर नेपाल पक्षको भन्ने , तर काम भने ओलीको स्वार्थका आधारमा गर्न खोजिरहेका छन् ।
कडा स्वभावका भनेर चिनिएका रावल सम्मको मोडिएको राजनीतिले पनि ओलीले एमालेभित्र अन्तरसंर्घष गरेका प्राय नेताहरुलाई माधव नेपालसँग वाट आफुतिर तान्ने र ललिपप खुवाउने रणनीति अबलम्वन गर्न थालेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल