काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अचानक दौडधूप चलेको छ । प्रचण्डले माधव नेपाललाई भेटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा पुगेर प्रचण्डले भेटवार्ता गरिरहेका छन् । दुई नेताबीच गठवन्धन र वर्तमान राजनीतिको विषयमा छलफल भइरहेको प्रचण्डनिकट स्रोतले जनाएको छ । प्रचण्डले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि भेटेका छन्। नेपाल निवास कोटेश्वरमा करिब एक घन्टा दुई नेताबीच छलफल भएको थियो ।
एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको समयमा अचानक प्रचण्डको दौडधूप राजनीतिमा नयाँ तरङ्ग आउन सक्ने बताइएको छ । नेकपा एमाले कार्यदलको बैठक बस्न सकेको छैन । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्य नेपाल भेट्न कोटेश्वर गएका छन् ।
शुक्रबार बसेको कार्यदलको बैठकले पार्टी एकताका लागि सहमति गरेको थियो । आज बस्ने भनिएको बैठकमा बाँकी सहमति गरेर अन्तिम रुपदिने भनिएको थियो । नेता नेपालले पार्टी एकताका लागि पावर सेयरिङको कुरा उठाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असार २०७८, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड