सन्दीप लामिछाने क्रिकेट खेल्न बेलायत जाँदै

रासस

विहीबार, २४ असार २०७८, १४ : ३२
सन्दीप लामिछाने क्रिकेट खेल्न  बेलायत जाँदै

काठमाडौं । ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने  बेलायत जाँदै छन । सो प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन। 

बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन ।

द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो । 

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन । द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग सिपिएल खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस