काठमाडौँ । कारवाही फिर्ताको माग गर्दै नेकपा माओवादी केन्द्रकापूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएका छन् ।
उनीहरु आजै साढे १२ बजे निर्वाचन आयोगमा पुगि आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको एक नेताले बताए ।
‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन’, पूर्वमाओवादी नेता प्रभु साहले भने, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’
पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि केही दिनमा सर्वोच्चमा रिट हाल्ने जनाएका छन् । उनीहरुल माओवादी केन्द्रले निर्धारित समयमा महाधिवेशन नगरेकोले वैधानिकता समाप्त भएको भन्दै केही दिनमै सर्वोच्चमा रिट हाल्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’: ’प्रचण्ड’
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड
‘प्रचण्ड’को सचिवालयले भन्यो : ‘पार्टी एकताबारे टुंगो लागिसकेको छैन’
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !