काठमाडौँ । कारवाही फिर्ताको माग गर्दै नेकपा माओवादी केन्द्रकापूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएका छन् ।
उनीहरु आजै साढे १२ बजे निर्वाचन आयोगमा पुगि आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको एक नेताले बताए ।
‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन’, पूर्वमाओवादी नेता प्रभु साहले भने, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’
पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि केही दिनमा सर्वोच्चमा रिट हाल्ने जनाएका छन् । उनीहरुल माओवादी केन्द्रले निर्धारित समयमा महाधिवेशन नगरेकोले वैधानिकता समाप्त भएको भन्दै केही दिनमै सर्वोच्चमा रिट हाल्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’