आफूखुसी नम्बर दिएको आरोपमा २ जना उपप्राध्यापक बर्खास्त

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १२ : ०४
आफूखुसी नम्बर दिएको आरोपमा २ जना उपप्राध्यापक बर्खास्त

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले परिक्षामा सहभागी नै नभएको विद्यार्थीहरुलाई आफूखुसी नम्बर दिएर पास गराएको भन्दै दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ।

आर्थिक प्रलोभनमा परी उपप्राध्यापकहरुले विद्यार्थीहरुलाई आफुखुसी नम्बर दिएको विश्वविद्यालयले जनाएको छ ।  विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । भने अर्का कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए । विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले मनलाग्दी रुपमा नम्बर दिएको उजुरी विद्यार्थीहरुबाट परेको थियो ।

त्यस विषयमा छानविन गर्न दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुसी नम्बर दिएको कमिटीको निष्कर्ष थियो। 

प्रतिक्रिया दिनुहोस