सवारी कर अब नागरिक एपबाटै तिर्न सकिने

पत्रपत्रिकाबाट

मंगलबार, २२ असार २०७८, ०७ : ३१
सवारी कर अब नागरिक एपबाटै तिर्न सकिने

काठमाडौं ।  बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर नागरिक एपबाटै तिर्न सकिने व्यवस्था गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउने क्रममा नागरिक एपमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ । 

मन्त्रालयका अनुसार आगामी साउन १ देखि सेवाग्राहीले नागरिक एपबाटै सवारी साधनसम्बन्धी राजस्व भुक्तानी गर्न सक्नेछन् ।

यसका लागि सवारीधनीले नागरिक एपमा रहेको ‘सवारी करग्́ पोर्टलमा गएर आफ्नो सवारी साधनसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ ।

साथै यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर भेरिफाई गरी सवारी साधनसम्बन्धी विवरण प्रविष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ । 

अनलाइन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालयअन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवानालगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको सो सूचनामार्फत मन्त्रालयले जानकारी गराएको छ । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस