काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव समुहका नेता भीम रावलबीच भेटवार्ता भएको छ । गए राति प्रधानमन्त्री निवास बालुवाटारमा दुवैजना बिच छलफल भएको हो । एक नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टी एकताका विषयमा नेता रावलसँग ओलीले छलफल हुन् ।
उनका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग भेटवार्ताका लागि अनिच्छा देखाएपछि ओलीले भीम रावललाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । एमालेका ओली निकटका दोस्रो तहका नेताहरुले आइतबार बिहान नेता नेपाललाई कोटेश्वरमा पुगेर भेटेका थिए। उनीहरुले एक पटक ओलीसँग भेटवार्ता गर्नका लागि आग्रह गरेपनि त्यसप्रति नेता नेपालले चासो देखाएका थिएनन् ।
एमालेका नेपाल समूहका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा प्रतिनिधिसभा विघटन बदरको माग राखी सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। ओली समूहले उक्त हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा लाग्नुपर्ने भन्दै आएपनि नेपालले कुनै हालतमा हस्ताक्षर फिर्ता हुन नसक्ने स्पष्ट पार्दै आएका छन् । यता प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता आज सम्म नलिए पार्टी एकता हुन नसक्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असार २०७८, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने