कोरोना अपडेट : थप २ हजार ६ सय ३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १६ : ३९
कोरोना अपडेट : थप २ हजार ६ सय ३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै आइतबार २ हजार ५ सय ५२ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म २६ हजार १ सय ७९ सक्रिय संक्रमित रहेका छन्। साथै यस अवधिमा ४ हजार ८ सय ८६ पीसीआर तथा ३ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस