फिलिपिन्समा ८५ जना चढेको सैनिक जहाज दुर्घटनामा ८५ जना चढेको सैनिक जहाज दुर्घटना

एजेन्सी

आइतबार, २० असार २०७८, ११ : ३२
फिलिपिन्समा ८५ जना चढेको सैनिक जहाज दुर्घटनामा ८५ जना चढेको सैनिक जहाज दुर्घटना

फिलिपिन्स । पूर्वी एसियाली मुलुक फिलिपिन्समा आइतबार हवाई दुर्घटना भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार ८५ जना मानिस बोकेको फिलिपिनी  सेनाको जहाज दुर्घटनामा परेको छ।

सी-१३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरण हुन खोज्दा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीहरूले जनाएका छन्।

दुर्घटनामा परेपछि जहाजमा आगो लागेको थियो। अहिलेसम्म १५ जनाको उद्धार गरिएको छ। जहाजमा सबै सैनिकहरू सवार थिए। 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।