काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका छन् । आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले महाधिवेशन गर्न नसकेको कलंक बोक्न आफू तयार नरहेको बताएका हुन् ।
पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिए । ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ । म जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु । त्यसका लागि अब धमाधम काम हुनुपर्यो । जसले जे जिम्मेवारी पाउनुभएको छ बेलैमा सक्नुपर्यो’, देउवाले भने ।
बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा।प्रकाशशरण महत, सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक र सदस्यहरु रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असार २०७८, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरआवासीय मधेसी सङ्घ कतारको महाधिवेशन सम्पन्न, ३८ सदस्यीय समिति गठन
रास्वपाको महाधिवेशन वैशाखमा नहुने
प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु
वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन