शिजुओका । जापानको मध्य क्षेत्र शिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिसहरू पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ ।
पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेको छन् ।
जापानको मध्य क्षेत्रमा अवस्थित आतमी सहरमा हालै परेको भारी बर्षापछि गएको पहिरोले कम्तीमा १० घर पुरेको थियो । उक्त पहिरोमा परी कम्तीमा २० जना वेपत्ता भएका क्योदो न्यूज एजेन्सीले बताएको छ ।
सिजुओकाका अधिकारीले आतमी र वरपरका क्षेत्रमा उच्च खतरा रहेको बताएका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ असार २०७८, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन