काठमाडौं । अविरल वर्षासँगै भरेको पहिरो सवारीसाधनमा पुरिदा धादिंगमा दुईजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटको जवाङ खोलामा नजिक पहिरोमा झर्दा पाँच वटा सवारी साधन पुरिनुको साथै २ जनाको मृत्यु भएको हो । अन्य ६ जना घाइते भएका छन् ।
ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो । प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असार २०७८, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोकको कोदारीमा पहिरो: अरनिको राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा
पर्वत पहिरो अपडेट : श्रीमानको शव फेला, श्रीमती खोजी जारी
पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता