संवैधानिक इजलासमा बहस सुरु

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १२ : १९
संवैधानिक इजलासमा बहस सुरु

काठमार्डौं । संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । शुक्रबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गरेका छन् ।

प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा ३० मिनेट बाँकी छ ।एक घण्टा ३० मिनेटमा शुक्रबार १३ जना वकिलले बहस गर्दैछन् । वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।

प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्तिदेवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईंटेल र लोकनाथ खरेलले बहस गर्दैछन् । उनीहरु सबैलाई ७ मिनेटको दरले सयम छुट्याइएको छ ।

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको बहस सुरु हुनेछ । सभामुखको तर्फबाट बहसका लागि सरकार पक्षलाई दिएको समयबाट १ घण्टा र अरु आधा घण्टा संवैधानिक इजलासले थप गर्नेगरी समय छुट्याइएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेञ्चमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।


 

प्रतिक्रिया दिनुहोस