एम्बुलेन्समाथि पहिरो, बिरामीको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १९ : ०३
एम्बुलेन्समाथि पहिरो, बिरामीको मृत्यु

पोखरा । कास्कीको मादीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।

मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खसेको हो । 
एम्बुलेन्स चालक सुवास अधिकारी र बिरामीका आफन्त भागेर ज्यान जोगाएका थिए। बिरामीलाई एम्बुलेन्सबाट निकाल्दानिकाल्दै मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस