काठमाडौं । राष्ट्रियसभाको अधिवेशन आज बिहीबारबाट सुरु हुँदैछ। अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संसद् भवनमा राष्ट्रियसभाको बैठक बस्नेछ।
अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिबाट पठाएको अधिवेशन आह्वानको पत्र पढेर सुनाउने, ज्ञात अज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने कार्य गरिन्छ भने अधिवेशनको पहिलो बैठकमा संसद् नहुँदा सरकारले ल्याएका अध्यादेश टेबुल हुने र पहिलो बैठक भएकाले दलीय हैसियतमा राष्ट्रियसभामा प्रतिनिधित्व गरेका संसदीय दलका नेतालाई धारणा राख्न समय दिने कार्य गरिन्छ।
कहिले काहीँ दलहरूबीच सहमत नभएमा संसदीय दलका दोस्रो तहका नेताले बोल्ने गरेको पुनस्र्थापित प्रतिनिधिसभाको फागुन २३ गतेको बैठकमा अभ्यास गरिएको थियो। पहिलो बैठकमा पूर्वसांसदको निधनप्रति पनि शोकप्रस्ताव पेश गर्ने कार्यसूची राखिने गर्दछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असार २०७८, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन