काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलि दिउँसो ४ बजे बस्ने भएको छ । बैठकको पूर्व सन्ध्यामा संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
बैठकको सुरुमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । यस्तै सरकारले जारी गरेका संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७, सपथ सम्बन्धी अध्यादेश, २०७८ प्रधानमन्त्री ओलीले सभामा प्रस्तुत गर्नेछन् ।
यस्तै गृहमन्त्री बिष्णु पौडेलले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै