काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलि दिउँसो ४ बजे बस्ने भएको छ । बैठकको पूर्व सन्ध्यामा संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
बैठकको सुरुमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । यस्तै सरकारले जारी गरेका संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७, सपथ सम्बन्धी अध्यादेश, २०७८ प्रधानमन्त्री ओलीले सभामा प्रस्तुत गर्नेछन् ।
यस्तै गृहमन्त्री बिष्णु पौडेलले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता