वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १७ : ५९
वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विर भक्ति थापालाई नेपालको राष्ट्रिय विभुतीमा समावेश गर्ने निर्णय गरेको छ।असार १४ गते बसेको मन्त्रि परिषद् बैठकले थापालाई राष्ट्रिय विभुतीमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बसन्त नेम्वाङले जानकारी दिए।  यसका लागि नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाको विशेष पहल रहेको बुझिएको छ।

सरकारको नियमित पत्रकार सम्मेलनमार्फत बुधबार जानकारी दिँदै प्रवक्ता नेम्वाङले फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितीको म्याद थपेर साउन ३१ सम्म पुर्‍याइएको छ।

यसैगरि पछिल्ला दुई आर्थिक वर्षमा हरेक वर्ष कम्तिमा सय जना कामदार पठाउन नसकेका इजाजतप्राप्त म्यानपावर कम्पनी संस्था नविकरण गर्न आएमा नविकरण गर्ने निर्णय पनि गरिएको छ। बुधबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता नेम्वाङले मन्त्रि परिषद्का पछिल्ला चार वटा बैठकका निर्णय सार्वजनिक गरेका छन्।

जेठ ३१ गते बसेको मन्त्रि परिषद् बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितीको अध्यक्षमा पाँचथरका भीमकुमार ओझालाई नियुक्त गरेको छ भने नेपाल विश्व विधालय पुर्वाधार विकाश तयारी समितीको अध्यक्षमा डा.अर्जुन कार्की तथा सदस्यहरुमा डा .अमिना सिंह, डा.असिम ढकाल, प्राध्यापक डा. विपिनचन्द्र अधिकारी, विरेस शाह, डा. दोभान राई, डा.संगिता कौशल मिश्र, डा.सुर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ र श्रवणकुमार राणा नियुक्त भएका छन्।

असार ७ गते बसेको मन्त्रि परिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावशायीक तालिम परिषद् सिटिईभिटीको सदस्यसचिवमा जिवनारायण काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता नेम्वाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस