काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई यस्तो गल्ती नदोहोराउन सचेत गराएका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठका अनुसार प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनी प्रधानमन्त्रीबाट टिप्पणी भएको बताए ।
प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई भनेको कुरा उल्लेख गर्दै उनले भने– ‘गाडीमा चढाएर लग्नु दुर्भाग्य कुरा हो । राम्रो काम होइन । अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईले गर्नुभयो, त्यो ठिक भएन ।’
सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरपट्टी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्री पुनले दिए राजीनामा
१५ बुँदे माग राख्दै विद्यार्थी युनियन अखिलले बुझायो शिक्षामन्त्रीलाई ज्ञापन पत्र
नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’
'सर्को तानेको बेला केही नलेखौँ' : शिक्षामन्त्री
भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल