सरस्वतीलाई लिफ्ट दिने शिक्षामन्त्रीलाई के भने ओलीले ?

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, १८ : ४३
सरस्वतीलाई लिफ्ट दिने शिक्षामन्त्रीलाई के भने ओलीले ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई यस्तो गल्ती नदोहोराउन सचेत गराएका छन् । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठका अनुसार प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनी प्रधानमन्त्रीबाट टिप्पणी भएको बताए । 

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई भनेको कुरा उल्लेख गर्दै उनले भने– ‘गाडीमा चढाएर लग्नु दुर्भाग्य कुरा हो । राम्रो काम होइन । अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ? मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईले गर्नुभयो, त्यो ठिक भएन ।’

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरपट्टी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । 


 

प्रतिक्रिया दिनुहोस