काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार विहान ११ बजे बस्ने भएको छ । बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ, तर यसअघि निष्कासनमा परेका माधव नेपालसहित ११ नेतालाई भने बैठकमा बोलाइएको छैन ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत एघार जनालाई भने बैठकमा बोलाइएको छैन । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा पार्टीबाट निष्कासन गरेका माधव नेपाल पक्षका नेताहरुलाई बैठकमा बोलाएका छैनन् ।
यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी भइरहेको छ । ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड