काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार विहान ११ बजे बस्ने भएको छ । बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ, तर यसअघि निष्कासनमा परेका माधव नेपालसहित ११ नेतालाई भने बैठकमा बोलाइएको छैन ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत एघार जनालाई भने बैठकमा बोलाइएको छैन । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा पार्टीबाट निष्कासन गरेका माधव नेपाल पक्षका नेताहरुलाई बैठकमा बोलाएका छैनन् ।
यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी भइरहेको छ । ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल