विपक्षी गठबन्धनले नागरिक समाजसँग अन्र्तक्रिया गर्दै

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, ०८ : ३४
विपक्षी गठबन्धनले नागरिक समाजसँग अन्र्तक्रिया गर्दै

काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपति माथी असम्वैधानिक कदम चालेको भनी खनिइएको विपक्षी ५ दलीय गठबन्धनले आज नागरिक समाजसँग अन्र्तक्रिया गर्ने भएको छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा विपक्षी गठवन्धनले नागरिक समाजका अगुवाहरुसँग अन्र्तक्रिया गर्न लागेको हो ।

कांग्रेस सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले बरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्टिय जनमोर्चाकी उपाध्यक्ष एवंम प्रवक्ता दुर्गा पौडेल लगायतका नेताहरुको उपस्थितीमा विपक्षी गठवन्धनले अन्र्तक्रिया कार्यक्रम गर्न लागेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलिभगतमा संसद भंग गर्ने, बहुमत सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा समेत आधार नदेखिएको भन्दै प्रधानमन्त्री नबनाउने जस्ता काम भएको भन्दै विपक्षी गठवन्धनले नागकिर समाज लगायतका सबैलाई लोकतन्त्र, संविधानको रक्षा, मूल्य मान्यताको रक्षाका लागि फेरि एकपटक संर्घष गर्नुपर्ने अवस्था आएको बताउँदै आएको छ।

प्रतिनिधीसभा विघटन विरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाईको क्रममा छ । रिट निवेदकका तर्फबाट बहस सकिएपछि आजबाट त्यसमा सरकारी पक्षको बहस शुरु हुँदैछ ।  अबको एक साताभित्र सर्वोच्चका सबै बहस सकिएर अदालतले फैसला दिने अवस्था समेत आउँदैछ ।

५ दलीय गठबन्धनले यस अगाडी पनि सम्पादकहरुसँग, राजनीतिक विटमा कलम चलाउँदै गरेका पत्रकारसँग अन्र्तक्रिया गरिसकेका छन् । त्यही क्रममा आज नागरिक समाजसँग अन्र्तक्रिया गर्न लागेका हुन् । ५ विपक्षी गठबन्धनले अन्र्तक्रियामा नागरिक समाजका प्रवुद्द ब्यक्तिहरुका प्रतिनिधीहरुको सुझाव लिने र त्यसमा आफनो धारणा बताउने गरी अन्र्तक्रिया आयोजना गर्न लागिएको नेताहरुले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस